(१) यस ऐनको उद्देश्य कार्यान्वयन गर्न नेपाल सरकारले नियमहरू बनाउन सक्नेछ ।
(२) उपदफा (१) ले दिएको अधिकारको सर्वसामान्यतया कुनै प्रतिकूल प्रभाव नपर्ने गरी नेपाल सरकारले खास गरी देहायका विषयमा नियमहरू बनाउन सक्नेछ :–
(क) खानेपानी, सिंचाइ, जल यातायात, औद्योगिक उपयोग, आमोद प्रमोदसम्बन्धी उपयोग र जलस्रोतकोयस्तै अन्य उपयोग सम्बन्धी कुराहरू,
(ख) जलस्रोत संरक्षण, बाढी नियन्त्रण तथा पहिरो रोकथाम सम्बन्धी कुराहरू,
(ग) वातावरण सम्बन्धी कुराहरू,
(घ) जलस्रोतसँग सम्बन्धित सेवा उपयोग गरे वापत नेपाल सरकारलाई बुझाउनु पर्ने शुल्क, दस्तुर इत्यादिसँग सम्बन्धित कुराहरू,
(ङ) जलस्रोतको प्रदूषण रोक्ने सम्बन्धी विषयहरू,
(च) जलस्रोतका विभिन्न उपयोगका तरीकाहरू,
(छ) जलस्रोतको उपयोगबाट उत्पन्न सेवाको स्तर निर्धारण सम्बन्धी कुराहरू,
(ज) जलस्रोतको उपयोगबाट हुन सक्ने दुर्घटना र त्यसको जाँचबुझ तथा क्षतिपूर्ति सम्बन्धी विषयहरू ।
(झ) उपभोक्त संस्था र उपभोक्ता सम्बन्धी अन्य व्यवस्थाको साथै उपभोक्तालाई संरक्षण र सुविधा दिने विषयहरू,
(ञ) जलस्रोतको विकास तथा उपयोग सम्बन्धी अन्य आवश्यक कुराहरू ।